
काठमाडौं । सानिमा बैंकले साधारणसभा बोलाएको छ । बैंकले तिहारअघि नै लाभांश दिने योजनासहित कात्तिक २ गते काठमाडौंको आम्रपाली ब्याक्वेटमा २१ औं एजीएम बोलाएको हो ।
सभा बिहान ११ बजे सुरु हुनेछ । सभाका लागि ७.३६८५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव गरिएको छ । यसैगरी संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।
यसैगरी प्रतिकित्ता १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि गरिएको छ । यो प्रिफरेन्सियल सेयरको लाभांश दर ८.२५ प्रतिशत रहनेछ ।
साधारणसभाका लागि असोज २७ गते एक दिन बैंकको सेयरधनी दर्ता किताब बन्द हुनेछ । अर्थात् असोज २६ गते कायम बैंकको सेयरधनीले सभामा सहभागिता जनाउन पाउनेछन् ।










प्रतिक्रिया