
काठमाडौं । दशैं अवधिभर मोबाइल वालेटमा दिनमा ४० पटक रकम जम्मा गर्न मिल्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना निकालेर चाडपर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरुले वालेटमा जम्मा गर्ने रकमको सीमा संख्या बढाएको हो ।
हालसम्म इसेवा, खल्ती, माइपेलगायत वालेटमा एक दिनमा १० पटकसम्म मात्र जम्मा गर्न पाइन्छ । तर, दशैं, तिहार र छठ पर्वको अवसरमा यो सुविधा बढाइएको हो ।
तर यो सुविधा सिमित अवधिको लागि मात्रै रहेको छ । बडा दशैंको अवसरमा असोज १३ गतेदेखि २१ गतेसम्म र दिपावली तथा छट पर्वको अवसरमा कार्तिक ३ गतेदेखि १० गतेसम्म मात्र वालेटमा दिनमा ४० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया