बालेनसँग जेनजीको गोप्य वार्ता भन्दै भाइरल भिडियो र फोटोको वास्तविकता यस्तो

8.7k
Shares

तस्बिर: रामचन्द्र अर्याल

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्लो सयम काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र जेनजीबीच गोप्य भेटवार्ता भन्दै केही व्यक्तिहरूले अनुहार ढाक्ने गरि लगाएको मास्क लागएको तस्बिर र भिडियो भाइरल बनेको छ । तर उक्त भिडियोको वास्तविकता फरक रहेको खुलेको छ ।

२०८१ फागुन ८ गते भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनको फोटो र भिडियो यतिबेला जेनजी र बालेनबीचको बैठक भन्दै भाइरल भएको हो ।

सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म कलेज नफर्कने अडानसहित विद्यार्थीहरूले पत्रकार सम्मेलन गरेका थिए । विद्यार्थीहरूले विश्वविद्यालयमा फर्किंदा आफ्नो ज्यान सुरक्षित हुने लिखित आश्वासन खोजेका थिए । किट विश्वविद्यालयमा अध्ययनरत १ हजार ५ सयभन्दा बढी नेपाली विद्यार्थीको शिक्षा र सुरक्षाप्रति सरकारले ध्यान दिनुपर्ने माग समेत राखिएको थियो ।

उक्त पत्रकार सम्मेलन विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि विश्वविद्यालयमा उत्पन्न तनावका कारण घर फर्किएका विद्यार्थीहरूले आयोजना गरेका हुन् । सुरक्षाको कारण देखाउँदै उनीहरूले मास्क र आवरणसहित पत्रकार सम्मेलन गरेका थिए।

यसै भिडियोलाई पछिल्लो समय सामाजिक सञ्जालमा तोडमोड गरी बालेन शाह र जेनजीबीचको गोप्य वार्ता भनेर प्रस्तुत गरिएको हो ।