सरकारले अध्यादेशमार्फत संशोधन गर्‍यो मतदाता नामावली ऐन

1.5k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई अध्यादेशमार्फत् संशोधन गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पौडेलले ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

मतदाता नामावाली ऐनअनुसार निर्वाचन मिति घोषण भएपछि मतदाता नामावलीमा थपिएका मतदातालाई मताधिकार हुँदैन । जेनजी आन्दोलनका क्रममा सहभागी युवाहरुको नाम मतदाता नामावलीमा सामेल नभएको परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अध्यादेश ल्याएको बताइएको छ ।