जेनजी आन्दोलनमा जेलबाट भागेका टोपबहादुर फर्किए, डिल्लीबजार सारियो

252
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।

भदौ २४ गते आन्दोलनपछि रायमाझी सुन्धारा कारागारबाट अन्य कैदीबन्दीसँगै फरार भएका थिए। उनी सोमबार साँझ आफैँ कारागार पुगेका थिए

यसअघि सुन्धारा कारागारमा रहेका रायमाझीलाई कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको छ ।

३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) पनि कारागार फर्किएका छन्।

भुटानी शरणार्थी प्रकरणमै कारागारमा रहेका पूर्वगृह सचिव टेकनारायण पाण्डे भने फर्किएका छैनन्।