जेनजी आन्दोलनमा भएको विध्वंसको छानविन गर्न सरकारले गठन गर्यो उच्चस्तरीय आयोग

623
Shares

काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्नका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो ।

पदभार सम्हालेकै दिन प्रधानमन्त्री सुशीला कार्कीले सरकारी/सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन्। जेनजी प्रदर्शनका क्रममा ७४ जनाको मृत्यु भएको छ भने खर्बौंक सरकारी र निजी सम्पत्तिमा आग्जनी, तोडफोड तथा लुटपाट भएको थियो  ।