
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिएकी छन्।
उनको राजीनामासमेत स्वीकृत भइसकेको स्रोतको दाबी छ ।
सचिव बढुवा सम्बन्धी विवादप्रति असन्तुष्टि जनाउँदै उनी करिब ६ महिनादेखि बिदामा थिइन् । तर, जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनेसँगै उनी मन्त्रालयमा फेरि हाजिर भएकी थिइन् ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार मन्त्री बन्ने चर्चाबीच उनले राजीनामा दिएकी हुन् । उनी स्वास्थ्य मन्त्री बन्ने सम्भावना उच्च छ ।








प्रतिक्रिया