
काठमाडौं । नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्जका र्निभल’ आयोजना गरेको छ । असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्जका र्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।
ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुएर्टसबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, याडिस्नल भ्यालुएसन १० हजारसम्मको,आकर्षक नगद छुट, फ्री एक्सेसरीज, र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्र मार्फत ५० हजार सम्म जित्ने अवसर पाउनेछन् । साथै, ‘चेतक एक्सपिरियन्स जोन’मार्फत बजाजको नयाँइलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिनेछ ।
त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुलीवापानीको बिल, आयस्रोतको प्रमाणपत्र जस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनिअन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।
बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षितगर्दै ‘बजाजप्रिमियर लिग ९बिपिएल०’पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, प्लेयर अफ द उईक बन्ने ग्राहकलाई १ लाख नगद, चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउनेछन् ।
हंसराजहुलासचन्द एण्ड कम्पनीले चाडबाड्को अवसरमाग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवाप्रदानगर्ने उद्देश्यले यस्ता एक्सचेन्जकार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया