जगदम्बा मोटर्सद्वारा डुअल लञ्च

56
Shares

काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको बाइक लञ्च गरेको छ ।

आइतबार हुने कार्यक्रममा, नेपाली बजारमा टीभीएस अपाची आरटीआर १६० २भी एई बीएस६ र टीभीएस राइडर आईजीओ पहिलो पटक सार्वजनिक हुनेछन् ।

टीभीएस अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६

कम्पनीका अनुसार अपाचेी रेसिङ डीएनए बाट प्रेरित यो नयाँ संस्करणमा बीएस६ फ्यूल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ ।

यसका मुख्य विशेषताहरूः

१२९.७सीसी एफआई इन्जिन (१६.०४ पीएस) ८४०० आरपीएम र १३.८५ एनएम(७०००आरपीएम)
करिब ५० केएमपीएलसम्मको दक्षता दिने उन्नत एफआई प्रणाली
एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन
आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी
रेस–ट्युन सस्पेन्सन, एबीएस, डिजिटल कन्सोल, राइड मोड्स र स्मार्टएक्सअननेट

टीभीएस राइडर आइजीओकम्पनीका अनुसार नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको राइडर, स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प हो ।

यसका मुख्य विशेषताहरू यस प्रकार छन्ः

१२५सीसी इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट
एलईडी हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर
सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर
दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि उत्तम छनोट

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘अपाची आरटीआर १६० २भी आरटी एफई बीएस६ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने राइडर आइजीओले स्टाइल, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ।’