
काठमाडौं । जेन–जी आन्दोलनका बीच देखिएको कालो कम्ब्याट पोशाक, मास्क र वाकिटकी बोकेको युवकबारे सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ ।
कालो ड्रेस, टोपी, चश्मा, बडी प्रोटेक्सन ज्याकेटसहित देखिएका ती युवकलाई कतिपयले आन्दोलनमा घुसपैठ भएको प्रमाणका रूपमा पनि प्रस्तुत गरेका छन् भने कतिपयले आन्दोलनकारीको टाउँको ताकेर गोली हान्ने व्यक्ति भन्दै पनि फोटो तथा भिडियो पोस्ट गरिरहेका छन् ।
तर, प्रहरी अनुसन्धानमा भने ति व्यक्ति हामी नेपाल संस्थासँग आवद्ध भएको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती युवक हामी नेपाल संस्थासँग आवद्ध २१ वर्षीय जेनिस महर्जन हुन् ।
‘हामी नेपाल’का संस्थापक सुधन गुरुङले ति युवक आफ्नै टिमका स्वयंसेवक भएको पुष्टि गरेका छन् ।
जाजरकोट भूकम्पको बेला सेनाबाट कम्ब्याट गिफ्ट पाएको र त्यसैलाई मन पराएर लगाउने गरेको गुरुङकोभ नाइ छ ।
गुरुङले वाकिटकी भने भिडमा आपसी सम्पर्क र विशेषगरी मेडिकल टिमसँग घाइते पुर्याउने कामलाई सहज बनाउनका लागि प्रयोग गरिएको दाबी गरेका छन् ।








प्रतिक्रिया