नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

0
Shares

काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट फरार रहेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् ।

पनौती नगरपालिका–१२ गागलका करिब ३५–३६ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।

सन्तबहादुर जेन्जी आन्दोलनको बेला नख्खु कारागारबाट भागेका थिए । उनी जबरजस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका थिए ।

घटनाबारे थप विवरण संकलनका लागि इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।