
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले व्यवसायीलाई छलफलका लागि बोलाएकी छन् । आइतार दिउँसो निजी क्षेत्रका छाता संगठनमार्फत् व्यवसायीका प्रतिनिधिलाई छलफलमा बोलाएकी हुन् ।
२३ र २४ भदौमा जेन जी प्रदर्शनका क्रममा निजी क्षेत्रले ठूलो क्षति बेहोरेको थियो । केही व्यावसायिक घराना र प्रतिष्ठानलाई प्रदशर्नकारीले लक्षित गरेर आक्रमण गर्दा निजी क्षेत्र निराश बनेको अवस्था छ ।
जेन जी आन्दालनको कारण ठूलो आर्थिक र भौतिक क्षति व्यहोरेको अवस्थामा अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले निजी क्षेत्रलाई विश्वासमा लिने र मनोबल बढाउँदै लगानीको वातावरण बनाउन निजी क्षेत्रका प्रतिनिधिलाई आइतबार छलफलमा बोलाएकी हुन् ।
आइतबार ११ बजेको लागि छलफलमा बोलाए पनि केही ढिलोगरी मात्रै छलफल सुरु भएको एक व्यवसायीले क्लिकमान्डुलाई बताए । व्यवसायीहरुको छाता संगठन मार्फत करिब ५ दर्जन व्यवसायी छलफलका लागि प्रधानमन्त्री कहाँ पुगेको ती व्यवसायिले बताए ।
कार्कीले छलफलको लागि बोलाएपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका छाता संगठन मार्फत व्यवसायीहरु प्रधानमन्त्रीसँग छलफलमा पुगेका हुन् ।







प्रतिक्रिया