युएईले दियो क्रिकेट खेलाडीलाई भिसा

245
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्ततः युएईको भिसा प्राप्त गरेको छ। भिसा पाएसँगै टोली भोलि प्रस्थान गर्ने तयारीमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिसा रोक्दै आएको छ । खेलाडीहरूले केही दिनअघि भिसाका लागि आवेदन दिएका भए पनि नियमित प्रक्रियाबाट ढिलो भएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग पहल गरेको थियो।

यसबीच, वेस्ट इन्डिजसँगको टी–२० श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरिसकेको छ। अनलाइनमार्फत टिकट बिक्री सुरु भइसकेको छ।

नेपालले वेस्ट इन्डिजसँग २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी–२० खेल खेल्नेछ। प्रतियोगिताको सम्पूर्ण खर्च तथा व्यवस्थापन नेपाल क्रिकेट संघले गर्ने जनाएको छ।