माओवादी फरक धातुले बनेका मान्छेहरूको पार्टी: प्रचण्ड

0
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भए पनि आत्मसमीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताए।

अरु जस्तै हो भनेर साम्रज्यवादी र प्रतिक्रियावादीले भाष्य बनाउन खोजेको भए पनि त्यो सत्य नभएको उनले बताए ।

जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताए । अहिले भएका क्ष

अध्यक्ष दाहालले संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।