गोकर्णेश्वरमा घरमा खाना खाइरहेकी महिलामाथि हतियार प्रहार, एकजना पक्राउ

2.2k
Shares

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–७, शिवचोकमा एक महिलामाथि हतियार प्रहार भएको छ ।

आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि हतियार प्रहार हुँदा उनी घाइते भएकी छन् । हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आक्रमणमा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। पन्तले भने आफूमाथि किन आक्रमण भयो भन्नेबारे जानकारी नभएको बताएकी छन्।

प्रहरी अनुसन्धानबाट तामाङले मदिरा सेवनपछि पन्तको कोठामा प्रवेश गरी हतियार प्रहार गरेको खुलेको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।