
काठमाडौं । विद्युतीय सवारी साधन तथा ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनीले एकै वर्ष ६२ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६२ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ५१ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ४३ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२१ देखि २०२५ सम्ममा व्यापार वार्षिक २९ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।
कम्पनीले सन् २०२२ मा २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२५ सम्म आइपुग्दा ६२ करोड १० लाख रुपैयाँको व्यापार गरेको कम्पनीको भनाइ छ ।
कम्पनीले गत आवमा ३.३९ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा २.३२ प्रतिशत नाफा कमाएको थियो ।
सन् २०१२ मा स्थापना भएको कम्पनी सन् २०२५ मा मात्रै पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले विद्युतीय सवारी साधन, अटामोटिभ र टुबलर ब्याट्री उत्पादन गरी नेपाली बजारमा बिक्र गर्दै आएको छ ।
विराटनगरमा उद्योग रहेको कम्पनीले वार्षिक ५४ मेट्रिक टन क्षमतामा सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशन (आईपीओ) जारी गर्ने योजनासहित पब्लिक कम्पनीमा परिणत गरेको छ ।
कम्पनीले सामग्री उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ ७० प्रतिशत आन्तरिक बजारको उपयोग गर्ने उल्लेख गरेको छ । कम्पनीको अध्यक्ष सुरेश लोहनी हुन् । उनीसँग २५ वर्षभन्दा बढीको ब्याट्री क्षेत्रको व्यापारको अनुभव छ ।








प्रतिक्रिया