
काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई प्रतिउत्तर दिएका छन् । मंगलबार दिउँसो बालेनले साम्पाङलाई आफूले माया गर्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
‘डियर हर्क साम्पाङ’ लेखेर बालेनले भनेका थिए, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’
बालेनको उक्त स्टाटसप्रति प्रतिक्रिया जनाउँदै हर्कले लुकेर खेलजस्तै स्टाटस लेख्नु सजिलो भएको टिप्पणी गरेका छन् । ‘लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ ! तर देशले के–कति गुमायो भन्ने थाहा छ ? देश रोइरहेको बेला ऊ हाँस्दै बस्छ,’ साम्पाङको जवाफ छ ।
त्यसपछि हर्कले पुन अर्को स्टाटेस लेखेका छन् । ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिँदैन !’ भन्दै साम्पाङले तस्बिरसमेत राखेका छन् ।

जेनजी आन्दोलनपछि साम्पाङ प्रधानमन्त्री बन्दभन्दै काठमाडौं आएका थिए । उनी सैनिक मुख्यालयसमेत गएका थिए । तर सेनाले जेनजीको माग अनुसार भन्दै सुशीला कार्कीलाई अघि सार्यो र उनी प्रधानमन्त्री नियुक्त भइन् । त्यसपछि साम्पाङ मन्त्रीको लबिङ गर्दै बालुवाटारसमेत पुगेका थिए तर सफल हुन सकेनन् । यी सबैमा बालेनले आफूलाई साथ नदिएको बुझाइ साम्पाङको छ । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत लगातार बालेन लक्षित स्टाटस लेख्दै आएका छन् ।








प्रतिक्रिया