
काठमाडौं । यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम साइत सार्वजनिक भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहनेछ । सो दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत पनि तोकिएको छ । टीका लगाउँदा लगाइमाग्ने पूर्वतर्फ फर्कनुपर्ने उल्लेख गरिएको छ ।
यस वर्षको बडादशैं असोज ६ गतेदेखि सुरु हुनेछ । सो दिन बिहान ९:१३ बजे घटस्थापनाको शुभ साइत रहेको समितिले जनाएको छ ।
असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचली भैरव यात्रा आयोजना हुनेछ ।
त्यस्तै, असोज १३ गते सोमबार फूलपाती भित्र्याइने छ । सो दिन बिहान ७:१७ बजे श्री तुलजा भवानी यात्रा र बिहान ९:२३ बजे स्थिरासनको साइत तोकिएको समितिको सूचनामा उल्लेख छ ।








प्रतिक्रिया