महेश बस्नेतले काठमाडौंमा १० हजार मान्छे उतार्ने, चोर्नेहरुलाई सहिद घोषणा नगर्न चेतावनी

3.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राजधानीमा एक कार्यक्रम गरेर १० हजार मान्छे उतार्ने बताएका छन् । एमाले मुख्यालय च्यासल निरीक्षण गर्न पुगेका बस्नेतले भव्य कार्यक्रम आयोजना गर्ने उद्घोष गरेका हुन् ।

उनले अर्थमन्त्री रामेश्वर खनालले सचिबको सेवा सुविधा अझै लिएको भन्दै मन्त्रीको सेवासुविधा नलिने स्टन्ट देखाएको आरोप पनि लगाए । यसैगरी प्रधानमन्त्री सुशिला कार्कीले पनि पूर्व प्रधानन्यायाधीशको सेवासुविधा अझै लिएको उनको भनाइ छ ।

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले विद्युत प्राधिकरणमा हुँदा आफ्नो भाइहरुसँग मिलेर करोडौं चलखेल गरेको आरोप उनको छ भने गाई काट्दा हुने सजाय घटाउनुपर्छ भन्ने ओम प्रकाश अर्याल गृहमन्त्री बनेको उनले बताए ।

उनले सहिदको परिवारबाट एक जनालाई मन्त्री बनाउन चुनौती पनि दिए । प्रदर्शनमा मृत्यु हुने बाहेक चोर्न गएर जलेर मर्नेहरुलाई सहिद घोषणा नगर्न र बरु क्षतिपूर्ति दिन चेतावनी पनि दिए ।

प्रदर्शनकारीले नेता बस्नेतको पनि घर जलाएका थिए ।