प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच फोनवार्ता हुने

938
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता हुने भएको छ । केहीबेरमै वार्ताको तयारी भइरहेको छ ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै मोदीले सामाजिक सञ्जालमा शुभकामना दिँदै महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेका थिए ।

जेनजी आन्दोलनपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्।