बालेनले हर्क साम्पाङलाई भने- म तिमीलाई माया गर्न छाड्दिन

637
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई आफूले माया गर्न नछाड्ने उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनपछि देशको नेतृत्व लिन भन्दै साम्पाङ काठमाडौं आएका थिए । प्रधानमन्त्री बन्न नसकेपछि उनी मन्त्रीका लागि भन्दै प्रधानमन्त्री निवास बालुवाटार समेत पुगेका थिए तर सफल हुन नसकेपछि धरान फर्किए ।

साम्पाङले बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्दै आएपछि बालेनको स्टाटस सार्वजनिक भएको हो ।
बालेनले आफूलाई जति गाली गरे पनि साम्पाङलाई माया गर्न नछाड्ने उल्लेख गरेका छन् । एकतर्फी नै भए पनि आफ्नो माया साँचो रहेको बालेको भनाइ छ ।

बालेनले यसो भने-

डियर हर्क साम्पाङ,

तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।