
काठमाडौं । क्लासिक ब्रान्डको ओछ्यानका सामग्री बेच्ने क्लासिक इन्डष्ट्रिजले गत आर्थिक वर्षमा साढे ३६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा ३६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ३६ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा ३५ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ४० करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१२ मा स्थापना भएको कम्पनीले ओछ्यानका सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ ।
सिमरामा उद्योग रहेको कम्पनीले सन् १९९० बाट नै व्यापार सुरु गरेको थियो । तर, औपचारिक रुपमा भने सन् २०१२ बाट व्यापार गरेको कम्पनीको भनाइ छ ।
कम्पनीले विशेषगरी म्याट्रेस, टुरिस्ट–क्लास होटल र कोयर म्याट्रेसको कारोबारबाट बढी आम्दानी गर्ने गरेको जनाएको छ । त्यससँगै कम्पनीले तकियाहरु, कुसन, सिरक र तन्नाहरु क्लासिक ब्रान्डमा उत्पादन गर्दै आएको छ ।
कम्पनीको देशभर २४ वटा वितरक छन् भने ५ हजार खुद्रा पसलमा उपलब्ध छन् । कम्पनीको अर्को क्लासिक ट्रडिङ हाउस प्रालि कम्पनी पनि छ ।
भरतकुमार श्रेष्ठ निर्देशक र मन्दिराभुजु श्रेष्ठ कार्यकारी निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७२ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५६ करोड ६० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १५ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया