
एजेन्सी । चीनले बुधबार पूर्वी चीन सागरबाट आफ्नो ग्य्राभिटी–१ व्यावसायिक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । त्यसले नौवटा उपग्रहहरूलाई तिनीहरूको निर्धारित कक्षमा स्थापित गर्नुका साथै एउटा पेलोड प्रयोग पनि सम्पन्न गरेको छ ।
यो मिसन निजी स्तरमा विकसित व्यावसायिक रकेटद्वारा गरिएको पहिलो फार–सी (टाढाको समुद्री) प्रक्षेपण हो जसले लामो दूरीको समुद्री प्रक्षेपण सञ्चालनमा चीनको बढ्दो क्षमतालाई प्रमाणित गरेको छ ।
‘ओरियन्सपेस’ द्वारा विकसित ३० मिटर अग्लो र ४०५ टन तौल भएको ग्य्राभिटी–१ बिहान १०ः५४ बजे शानडोङ प्रान्तको ओरिएन्टल एरोस्पेस पोर्टद्वारा सञ्चालित प्रक्षेपण जहाजबाट उडेको थियो । उक्त प्रक्षेपण ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रको निर्देशनमा सम्पन्न गरिएको थियो ।
अधिकारीहरूका अनुसार, यस मिसनले जटिल अफशोर परिस्थितिहरूमा काम गर्ने, समुद्रमा लामो समयसम्म प्रक्षेपणका लागि तयार रहने र क्रस–सी प्रक्षेपण सञ्चालनलाई सहयोग पुर्याउने रकेटको क्षमतालाई सफलतापूर्वक प्रमाणित गरेको छ ।
पेलोडमा डोङपो–१३, डोङपो–१४, डोङपो–१७ देखि डोङपो–२०, सिगुआङ–२ ०१, तियानयी–४९ र लिलाक–३ गरी नौवटा उपग्रहहरू समावेश थिए । अप्टिकल र सिन्थेटिक एपेर्चर रेडार पेलोडहरू भएका ६ वटा डोङपो–सिरिजका उपग्रहहरूले भूमि नक्सांकन, विपद् प्रतिकार्य, कृषि, वन र जल व्यवस्थापन जस्ता क्षेत्रमा रिमोट–सेन्सिङ कभरेज सुधार गर्न पहिलेदेखि नै रहेको समूहमा सामेल हुनेछन् ।
यसैबीच सिगुआङ–२ ०१ र तियानयी–४९ लाई एआई–सञ्चालित पृथ्वी अवलोकनका लागि डिजाइन गरिएको छ जसले खनिज अन्वेषण, वातावरणीय अनुगमन, शहरी योजना र कृषिमा सेवा प्रदान गर्नेछ । लिलाक–३ ले इन–अर्बिट प्रदर्शनहरू मार्फत अर्को पुस्ताको उपग्रह प्लेटफर्म र एट्टिच्युड–कन्ट्रोल प्रविधिहरूको परीक्षण गर्नेछ ।
ग्य्राभिटी–१ विश्वको पहिलो मध्यम–लिफ्ट प्रक्षेपण वाहन हो जसमा सबै ठोस–प्रोपेल्यान्ट स्ट्य्राप–अन बूस्टरहरू जडान गरिएका छन् । यसले ६.५ टन तौल पृथ्वीको तल्लो कक्षामा र ४.२ टन तौल ५०० किलोमिटरको सूर्य–सिङ्क्रोनस कक्षामा पुर्याउन सक्छ ।
यो मिसन देशको समन्वयित समुद्री–प्रक्षेपण नेटवर्क विस्तार गर्ने र भविष्यका व्यावसायिक अन्तरिक्ष मिसनहरूका लागि सञ्चालन लचिलोपन सुधार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।





प्रतिक्रिया