
काठमाडौं । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरीका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मचाइयो । जसका कारण उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहर बनेका छन् । उपत्यकाको महाराजगन्ज र कोटेश्वर प्रहरी वृत्तमा गरी ३ जना प्रहरीहरुले ज्यान गुमाउनु परेको थियो ।
यस्तो कहाली लाग्दो अवस्थाबाट गुज्रिएको नेपाल प्रहरी उच्च मनोबल सहित अहिले नागरिक सेवामा खटिएका छन् । लुटपाट र आगजनीबाट आफ्नो बर्दी समेत गुमाएका प्रहरीहरु अहिले बिना बर्दी नागरिक सेवामा खटिएका छन् ।
उपत्यकाको विभिन्न चोकहरुमा रहेको ट्राफिक आइरल्याण्ड लगायत भौतिक संरचना तोडफोड भए पछि बाँकी रहेको अवशेष माथि उभिएर र बर्दी बिना नै प्रहरीहरु फिल्डमा खटिएका छन् ।








प्रतिक्रिया