सन्दुक रुइतलाई भेट्न तिलगंगा अस्पताल पुगिन् प्रधानमन्त्री, मन्त्री बन्न गरेको आग्रहमा यस्तो जवाफ

1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई भेट्न पुगेकी छन् ।

मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर उनले रुइतसँग आफू नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा.रुइतसँग आग्रह गरेकी थिइन् । जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर,सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बताएका छन् । छलफलपछि सञ्चारकर्मीसँग डा. रुइतले आफूले अस्पतालको काम र विरामीको उपचारलाई छाड्न नसक्ने बताए ।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेशामार्फत् नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन् ।

यसअघि कार्कीले कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश शर्मालाई मन्त्री बनाएकी थिइन् ।