
काठमाडौं । बुधबारबाट सेयर बजार खुल्ने भएको छ । सोमबार लगानीकर्ता संगठनका नाममा पुगेका केही व्यक्तिहरुसँग छलफलपछि मंगलबार निर्णय गरेर बुधबारबाट सेयर बजार खुल्ने जानकारी गराएको बोर्ड स्रोतले जनाएको छ ।
धितोपत्र बोर्ड धितोपत्र सम्बन्धी ऐनको दफा ९० मा रहेको बोर्डको विशेष अधिकार प्रयोग गर्दै २९ भदौदेखि २ असोजसम्म ५ दिन सेयर बजार बन्द गर्न निर्देशन दिएको थियो । तर, सोमबारको छलफलपछि मंगलबार बैठक बसेर बुधबारदेखि बजार सञ्चालन गर्न नेप्सेलाई निर्देशन दिने तयारी गरेको बोर्ड स्रोतले जनाएको छ ।
नेप्सेका अधिकारीहरु भने धितोपत्र बोर्डको निर्देशन अनुसार बजार बन्द गरेकोले बोर्डले निर्देशन दिएपछि बजार खुल्ने बताउँछन् । बोर्डले ऐनले दिएको विशेषधिकार प्रयोग गर्दै दिएको निर्देशन अनुसार बजार भन्द भएको नेप्सेल बताएको छ ।
ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार सम्बन्धी व्यवस्था छ । सोही दफाको उपदफा १ (घ) मा धितोपत्र बजारसँग परार्मश गरी बढमिा ५ दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिनसक्ने व्यवस्था छ ।
लगानीकर्ता संगठनका नेताहरुको नाममा केही व्यक्तिको दबाबमा उक्त अधिकार भन्दै नेप्सेलाई २९ भदौदेखि २ असोजसम्म ५ कारोबार दिनको लागि सेयर बजार बन्द गर्न निर्देशन दिएको थियो । बाँकी बैंकिङ लगायत सबै सार्वजनिक सेवाहरु २९ भदौबाट नै सुरु भइसकेका छन् । लगानीकर्ताको हित संरक्षणका लागि भन्दै ५ दिन बार बन्द गर्ने निर्णय गरेको बोर्ड पछि हट्दै बुधबारबाट खोल्न निर्देशन दिने निर्णय गरेको हो ।








प्रतिक्रिया