विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा शव फेला

882
Shares

विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा सो सुपरमार्केटमा आगजनी र तोडफोड भएको थियो । प्रहरीले लुटपाट गर्न प्रवेश गर्ने मध्ये कसैको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।

शव पूर्ण रूपमा जलेकोले पहिचान गर्न कठिन रहेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ ।

जेनजी आन्दोलन र प्रदर्शनका क्रममा देशभरका भाटभटेनी स्टोरमा आगजनी भएका थिए । सो क्रममा धरानमा ४ जनाको ज्यान गएको थियो ।

Skip This