बैंकका ६८ वटा कार्यालयमा क्षति, गभर्नर पौडेलले भने: बैंकिङ सिस्टमहरू ठिक छन्

511
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा. विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा केही बैंकका शाखा कार्यालय र एटीएम प्रभावित भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका छन्।

सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गभर्नर पौडेलले ६८ वटा बैंक शाखा कार्यालयमा आक्रमण भएको जानकारी दिए ।

त्यस्तै, ६९ वटा एटीएममा केही क्षति पुगेको भए पनि समग्र प्रणाली सामान्य अवस्थामा रहेको गभर्नर पौडेलले जानकारी दिए ।

उनले आक्रमणका घटनापछि सबैको मनोबल घटेकाले त्यसलाई उठानुपर्ने बताए ।

‘अहिले सबैको मनोबल घटेको अवस्था छ, त्यसलाई उठाउनु अहिलेको आवश्यकता हो,’ गभर्नर पौडेलले भने, ‘यो घटनाअघि पनि चुनौती थिए, अहिले थपिएको मात्रै हो । समाधानका लागि तयारी आवश्यक छ ।’

अनुभवी अर्थमन्त्री आएका कारण समस्याको समाधान र काम अघि बढाउन सहज हुने उनले विश्वास व्यक्त गरे ।