सविता भण्डारी बनिन् पहिलो महिला महान्यायाधिवक्ता

847
Shares

काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल मुलुककी पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनको नाम सिफारिस गरेकी हुन् ।

यसअघि महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो ।

भण्डारीको नियुक्तिसँगै नेपालले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ । प्रधानमन्त्री कार्की स्वयं पनि नेपालको पहिलो महिला प्रधानमन्त्री तथा पहिलो महिला प्रधानन्यायाधीश भएकी हुन् । उनैले यसअघि राष्ट्रिय सूचना आयोगमा आयुक्तका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी थिइन् ।

उनी ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।