दशैंका लागि सुकिला नोट साट्ने होइन ? (तस्बिरहरू)

1.7k
Shares

नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । राजधानीको थापाथली स्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट साट्न आउनेको संख्या कम देखिएको छ ।

आइतबारबाट सुकिला नोट सटही सुरु गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्याकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

आज बाट सुकिला नोट सटही सुरु भए पनि सेवाग्राही भने खासै नभएको उनले बताए ।

‘केही सर्वसाधारणहरुले नोट सटही गरीरहनुभएको छ । सबै बैंकबाट पनि साट्न सकिने व्यवस्था गरेकोले पनि राष्ट्र बैंकमा कम भिड भएको होला,’ उनले भने, ‘सबै बैंकहरुले आवश्यकता अनुसार सुकिला नोट सटही गरी लगेका छन् । बैंकहरुमा नै साट्न पाइने भएकोले पनि राष्ट्र बैंकमा सेवाग्राही कम भएको हुनसक्छ।’

सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक एक बण्डल गरी कुल १८ हजार ५०० रुपैयाँ बराबरको नोट साट्न पाउनेछन् ।

यसपटक ५ रुपैयाँ दरका मात्रै नयाँ नोट छन् भने अन्य सबै सुकिला नोट सट्न पाइनेछ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन र बैंकिङ विभागका साथै प्रदेशस्थित कार्यालयबाट कार्यालयबाट पनि सुकिला नोट सटही गर्न पाइने कार्याकारी निर्देशक पौडेलले बताए ।

यस्तै आजैबाट बैंकहरुबाट पनि सुकिला नोट सटही गर्नेगरी व्यवस्था गरेको उनले बताए ।