
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार सम्हालेकी छन् । कार्कीले सिंहदरबार भित्र पुरानो गृह मन्त्रालय रहेको नयाँ भवनमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।
प्रधानमन्त्री कार्यालय जेनजी आन्दोलनका कारण जलेको हुँदा उक्त भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ ।
आज मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी हुन् ।
शुक्रबार राति प्रधानमन्त्रीको सपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । त्यसका लागि जेनजी प्रतिनिधिले सिफारिस गरेका मन्त्रीलाई उनले नियुक्त गर्ने छिन् ।









प्रतिक्रिया