
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव भेटिएको छ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते आगलागी तथा तोडफोड गरिएको चुच्चेपाटी भाटभटेनी सुपर स्टोरमा ६ जनाको शव जलेको अवस्थामा भेटिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी शेखर खनालका अनुसार जलेको अवस्थामा शनिबार बेलुका शव फेला परेको हो ।
उनका अनुसार शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ भने उनीहरुको पहिचान खुल्न सकेको छैन ।








प्रतिक्रिया