
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालस्थित अमेरिकी दूतावासले बधाई दिएको छ ।
आइतवार नेपालका लागि अमेरिकी राजदूत डीन आर टमसनले सामाजिक सञ्जाल एक्सको आधिकारिक खाताबाट बधाई दिएका हुन् ।
नेपाली र अंग्रेजी दुवै भाषामा उनले बधाई दिएका हुन् ।
उनले लेखे :
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ।
गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपुर्ण समाधानको हामी स्वागत गर्दछौं।
हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं।








प्रतिक्रिया