
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई चीन सरकारले बधाई दिएको छ ।
आइतवार चीनको विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा प्रकाशित मन्त्रालयका प्रवक्ताको टिप्पणीमा बधाई ज्ञापन भएको हो ।
नियमित पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा शपथ लिएको विषयमा चीनको टिप्पणी मागिएको थियो ।
त्यसको जवाफ दिँदै प्रवक्ताले सुशीला कार्कीलाई बधाई दिएको हो ।
त्यसका साथै, प्रवक्ताले चीन र नेपालबीच लामो समयदेखि सम्बन्ध रहिआएको बताए । चीनले नेपाली जनताद्वारा स्वतन्त्र रूपमा छनोट गरिएको विकास मार्गलाई चीनले सदैव सम्मान गर्ने उनको भनाइ छ ।
चीन नेपालसँग मिलेर पञ्चशीलको सिद्धान्तलाई प्रवर्धन गर्न, विविध क्षेत्रमा आदानप्रदान र सहकार्य गर्न तथा द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउनका लागि तयार रहेको पनि प्रवक्ताले बताएका छन् ।









प्रतिक्रिया