भ्रष्टहरुलाई एक साताभित्र कारबाही गर्न मेयर गोपाल हमालको माग

21
Shares

काठमाडौं । धनगडी उपमहानगरपालीकाका मेयर गोपाल हमालले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिदै एक साताभित्र भ्रष्टाचारीहरूलाई कारवाही गर्न माग गरेका छन् ।।

उनले भ्रष्टहरुको सम्पति छानविन गरी अवैध देखिने सम्पति राष्ट्रियकरण गरी मुद्दा चलाएर जेल हाल्नसमेत नवनियुक्त प्रधानमन्त्री कार्कीसँग माग गरेका छन्।

शनिबार हमालले सामाजिक सञ्जालमा जारी गरेको भिडीयो सन्देशमा प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालको विकास र सुशासनको आशा पनि व्यक्त गरेका छन् ।

हमालले कार्कीलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रचेको भन्दै प्रशंसा गरेका छन्। मेयर हमालले प्रशंसासँगे हमालले एक हप्ताभित्र भ्रष्टाचारीलाई अभियोगसहित कारबाही गरी सम्पत्ति राष्ट्रियकरण गर्नुका साथै जेल हाल्न आग्रह गरेका हुन् ।

उनले जेनजी आन्दोलनमा शहीद भएका र घाइतेहरूको वास्तविक तथ्याङ्क सार्वजनिक गर्न पनि उनले सरकारसँग आग्रह गरे । शहीदको संख्या र घाइतेहरूको अवस्थाबारे अन्यौल कायम रहेको भन्दै उनले स्पष्ट विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।