काठमाडौंको बिद्यालय आइतबारदेखि खुल्ने, बाहिरको कहिलेदेखि खुल्छ ?

336
Shares

काठमाडौं । काठमाडौंको बिद्यालय आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

काठमाडौं महानगरपालिकाले भोलिबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो ।

जेनजी आन्दोलनले ठप्प बनेका काठमाडौं लगायत देशभरका शैक्षिक संस्थाहरू भोलिबाट खुल्न थाल्ने भएका छन् ।

काठमाडौंबाहिर कतिपय स्थानीय तहहरूले भने भोलिबाटै पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । काठमाडौंको टोखा नगरपालिकाले पनि मातहतका विद्यालयहरूलाई भोलिबाटै पठनपाठन सुचारु गर्न भनेको छ ।

काठमाडौं महानगरले मातहतका विद्यालयहरूलाई पठाएको सूचनामा भोलि शिक्षक कर्मचारीहरूलाई विद्यालयमा उपस्थित हुन तर विद्यार्थीलाई नबोलाउन भनिएको छ ।

शिक्षक कर्मचारीले विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ सम्बद्ध कार्यहरू गर्न तथा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।

विद्यार्थीहरूका अभिभावकसँग सम्पर्क गरी अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउन र लैजाने कार्य आफैँ गर्न अनुरोध गर्ने निर्देशन पनि महानगरको छ ।

अभिभावकले आफ्नो बालबालिकाको ल्याउने र लैजाने गरी जिम्मा लिएमा र परिस्थिति सामान्य भएमा सोमबारदेखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्शसँगै अध्ययन अध्यापन गराउन भनिएको छ ।

काठमाडौंको विद्यालय आइतबारदेखि सञ्चालनमा आउने तय भएपनि भक्तपुर, ललितपुरसहित उपत्यकाबाहिरका विद्यालयको बिषयमा अहिलेसम्म कुनै टुङगो लागेको छैन् ।