
काठमाडौं । कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय मार्फत महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा कर्तव्य ज्यानको मुद्दा दिएका छन्।
नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जारीपत्र बुझाएका छन्। प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्याउने बताए।
निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको जाहेरीमा आरोप लगाइएको छ।
जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ ।
मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम समावेश गरिएको छ ।








प्रतिक्रिया