बारामा आज पनि दिनभर निषेधाज्ञा, राति कर्फ्यू

56
Shares

बारा । जिल्ला प्रशासन कार्यालय बाराले शनिबार लागू हुनेगरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कर्फ्यू रहनेछ । निषेधाज्ञा र कर्फ्यूको समयमा भिड् जम्मा गर्न, जुलुस, प्रदर्शन, बैठक,सभा गर्न निषेध रहेको सूचनामा उल्लेख छ ।

कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

Skip This