इक्वेडरमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोध, दंगा प्रहरीसँग भिडे प्रदर्शनकारी

364
Shares

एजेन्सी । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सरकारविरोधी प्रदर्शन चर्किएको छ ।

राष्ट्रपति डेनियल नोबोआले जनमत संग्रहको प्रस्ताव राखेपछि तनाव बढेको हो ।

आदिवासीहरूको समूह कोनेई, मजदूर संगठन, ट्रेड युनियनका सदस्य, शिक्षक संघ र नागरिक समाजका अन्य सदस्यहरूले बिहीवार सडकमा प्रदर्शन गर्दै सरकार निरंकुश तथा अप्रभावकारी भएको आरोप लगाएका छन् ।

दंगा प्रहरीले शहरको मध्यभागमा रहेको क्षेत्रमा प्रदर्शनकारीलाई तितरबितर बनाउनका लागि अश्रूग्यास प्रहार गरेका थिए ।

राष्ट्रपति नोबोआले जनमतसंग्रहका लागि ८ करोड डलर खर्च गर्ने योजना बनाएको भनी आलोचना गरेका छन् । संवैधानिक अदालतलाई दबाब दिएको र बेरोजगारी, औषधिको अभाव र शैक्षिक सामग्रीको अभाव लगायतका समस्यालाई सम्बोधन गर्न सरकार चुकेको आरोप पनि लगाएका छन् ।

बिहीवारै नोबोआले ग्वायाकिलमा सरकारसमर्थक प्रदर्शनको नेतृत्व गरेका थिए ।

आगामी डिसेम्बर महिनामा गर्न लागिएको जनमतसंग्रहमा संवैधानिक सुधार, राजनीतिक दलमाथिको लगानी, संवैधानिक अदालतको भूमिका लगायतका विषयमा जनताको धारणा बुझ्ने प्रयास गरिनेछ । यसले राष्ट्रपति नोबोआको लोकप्रियताको मापन पनि गर्नेछ र उनले आफ्नो कार्यकालमा शासन चलाउन जनताको साथ पाउँछन् कि पाउँदैनन् भन्ने कुरा निर्धारण हुनेछ ।