लुटपाट र आगजनीबाट ठूलो क्षति बेहोरेका व्यवसायीले देखाए उच्च मनोबल, भन्छन्- अझ बलियो भएर उठ्नेछौं

2k
Shares

काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा अर्बौंको क्षति भएपनि निजी क्षेत्रको नेतृत्व गर्ने व्यवसायीहरु भने व्यवसायीलाई आशा जगाउन लागेका छन् । निजी क्षेत्रका छाता संगठनहरु मात्रै नभएर त्यसको नेतृत्व गरिसकेका व्यवसायहरुले निजी क्षेत्रमाथि भएको विभत्स आक्रमणबाट कति पनि विचलित र निराश नभएको बताएका छन् ।

उनीहरुले अझै थप रुपमा रोजगारी सिर्जना र लगानी प्रवद्र्धनमा प्रतिवद्ध रहेको बताएका छन् । नेपाल होटल संघ हानले नेपालभर होटल तथा पर्यटनको क्षेत्रमाा मात्रै २५ अर्ब रुपैयाँको क्षति भएको बताएको छ । त्यस्तै व्यवसायी मिनबहादुर गुरुङको भाटभटेनी सुपरमार्केट ११ वटा स्टोर र बालुवाटारमा रहेको गोदाम तोडफोड र र लुटपाटपछि भएको आगाजनीबाट पुर्णरुपमा क्षति भएकोछ । अन्य ९ वटा स्टोरमा पनि तोडफोड र लुटपाट भएको छ ।

यस्तै नेपालका एकमात्रै डलर अर्बपति बिनोद चौधरीको पनि थापाथलीमा रहेको अटो स्वरुम र सतुङगलमा रहेको सिजी इलेक्ट्रोनिक्सका साथै रभिभवनमा रहेको निवास समेत प्रदर्शनकारीले लुटपाट र तोडफोडपछि आगजनी गरी पुर्ण रुपमा क्षति पुर्याएका छन् । यस्तै सिप्रटी ट्रेडिङ लगायत थापाथलीमा रहेका करिब आधा दर्जन अटो स्वरुपममा प्रदर्शकारीले तोडफोड र आगमजी गरेका हुन् ।

व्यवसायी शेखर गोल्छाको निवासमा तोडफोड भएको छ भने चन्द्र ढकालको नेतृत्वमा निमार्ण भएको चन्द्रगीरी केवलकार र गैंडाकोटको मौलाकालिका केवलकारको बटम स्टेसनमा पनि तोडफोड र आगजनी भएको छ ।

यस्तै नक्सालमा रहेको शंकर ग्रपको ५ तारे अन्तराष्ट्रिय चेन होटल हिल्टन, यस्तै सांसद समेत रहेका अर्का व्यवसायी राजेन्द्र बजगाईको वर्णवास होटेल, पोखरामा नाडा अटोमोबाइल डिलर्स एसोसिएनका निवर्तमान अध्यक्ष ध्रुव थापाको अटो स्वरुम रहेको घर प्रर्दशनकारीले जलाएका छन् ।

यी व्यवसायिमाथि भएका आक्रमणका केही प्रतिनिधि उदाहारण मात्रै हुन् । देशभर निजी क्षेत्रका लगानी रहेको व्यवसायिक सम्पत्तीमाथि आक्रमण हुँदा ठुलो क्षति भोग्नु परेको छ ।

व्यवसायीले बिमा गरेकोले बिमा दाबी वापत केही राहत त पाउनेछन् । तर, त्यो व्यवसाय खडा गी सुरु गर्न ठुलो लगानी लाग्नेछ । जुन बिमा दाबीले मात्रै पुग्ने अवस्था रहँदैन । यो क्षति व्यवसायिको मात्रै नभई सर्वसाधारण नागरिकले बैंकमा रखेको निक्षेपबाट ती व्यवसायमा लगानी भएको छ । निजी क्षेत्रको लगानी र मनोबलमा मात्तै प्रहार भएको छैन । बैंकहरुले गरेको लगानी समेत जोखिममा परेको छ ।

यति ठुलो क्षति ब्यहोर्दा पनि व्यवसायीहरु भने यसबाट विचलित नभई निजी क्षेत्रको आत्मविस्वास र मनाबल बढाउने लागेका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बुधबार महासंघको कार्यकारिणी समिति र पूर्वअध्यक्षहरूसँगको बैठकपछि विज्ञप्ती जारी गर्दै विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघिबढ्ने अपेक्षा गरेको बताएका छ ।

‘महासंघले शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोग जस्ता विषयप्रति युवा पुस्ताले देखाएको चासो प्रति सम्मान व्यक्त गर्दै विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने अपेक्षा गरेको छ’ विज्ञप्तीमा भनिएको छ ।

महासंघका अनुसार पछिल्लो आन्दोलनका कारण धेरै उद्योगी व्यवसायीका कार्यालय, प्रतिष्ठान र निवासमा आक्रमण तथा आगजनी भएका छन् । व्यक्तिगत तथा व्यावसायिक सम्पत्तिमाथि आक्रमणको भर्तसना गर्दै महासंघले आगामी दिनमा यस्तो घटना नदोहोरिने सुनिश्चितताका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएको छ । महासंघले अर्बौं रुपैयाँ बराबरको क्षतिले राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पार्ने प्रारम्भिक अनुमान समेत गरेको छ । तर, पछिल्लो घटनाक्रमको विवेकपुर्ण अवतरणपछि मुलुक समुन्नतीको यातामा अघि बढ्नेमा विवास व्यक्त गरेका छन् । उनिहरुले लगानीको वातावरण सुरक्षित हुनो विश्वस्त देखिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी शेखर गोल्छाले अझै शशक्त रुपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको बताएका छन् । ‘ देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । केहि व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन,’ गोल्छाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।’

उनले अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले पनि पुनः निर्माण गर्ने, पुनः उठ्ने र पहिलेभन्दा अझै सबल भएर अघि बढ्ने घोषणा गरेका छन् ।

‘हो, हामी घाइते छौं । हामी हल्लिएका छौं । तर हामी भाँचिएका छैनौं । ती अराजकहरूले हाम्रो भवन जलाउन सक्छन्, तर उनीहरूले हाम्रो सपना जलाउन सक्दैनन् । उनीहरूले हाम्रो सोरुम लुट्न सक्छन् तर हाम्रो मूल्यहरू लुट्न सक्दैनन् । उनीहरूले हामीलाई कमजोर पार्ने प्रयास गर्न सक्छन्, तर उनीहरूले हाम्रो परिवारको एकतालाई तोड्न सक्दैनन्,’ निवार्ण चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन् ।

उनेले चौधरी समूह नेपालको सबैभन्दा ठूलो करदाता, सबैभन्दा ठूलो रोजगारी दिने समूहमध्ये एक हो र राष्ट्र निर्माता हो भन्ने कुरा याद गर्नुपर्ने उल्लेख गरेका छन् । ‘प्रत्येक संकटमा जनताको अग्रमोर्चामा उभिएका छौं चाहे भूकम्प होस्, बाढी होस् वा महामारी । त्यो मिशन सकिएको छैन । त्यो जिम्मेवारी कमजोर भएको छैन । त्यो उद्देश्य हराएको छैन,’ चौधरीले भनेका छन्, ‘हामी पुनः निर्माण गर्नेछौं । हामी पुनः उठ्नेछौं र हामी पहिलेभन्दा अझै सबल भएर अघि बढ्नेछौं । यो त्रासदीबाट पुनर्जागरण हुनेछ । नयाँ शक्ति, नयाँ विचार, नयाँ प्रणाली र नेपालको जनताप्रतिको अझ गहिरो प्रतिबद्धता व्यक्त गर्दछौं ।’

उनले इतिहासले डढाइदिने आगोलाई नभई केबल कसरी त्यस आगोबाट बाहिरियौं, अझ बलिया, अझ गर्विलो र अझ एकताबद्ध भयौं भनेर सम्झने भन्दै कर्मचारीको हौसला बढाउने प्रयास गरेका छन् ।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ पनि क्ष्ति भएको भाटभटेनी को स्टोहरुको अबलोकन र सरसफाइमा आफैं निस्किएका छन् । उनले भाटभटीने फेर उठ्ने र सेवा सुरु गर्ने भन्दै आफु कति पनि विचलिन नभएको बताएका छन् । भाटभटेनीको अफिसियले फसेबुक पेजबाट समेत शुक्रबार एक सन्देश जारी गर्दै भाटभटेनीको उठ्न संकल्प अझै बतुत बनेको उल्लेख गरेका छ ।

‘विनाशले हाम्रो परिवारलाई ठूलो आघात पुर्‍याएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको छ। तिमीहरूको हरेक शब्द, हरेक सहयोगी हातले हामीलाई अगाडि बढ्ने ऊर्जा दिएको छ।’ भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘भाटभटेनी पुनः उभिनेछ, र तिमीहरूको साथमा हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं, आज पसल ध्वस्त भए पनि आशा हराएको छैन, तपाइँहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं ।’

लुटपाट, तोडफोड र आगजनीबाट भाटभाटेनीलाई अर्बौंको क्षति पुगेको छ । हजारौंले रोजगारी गुमाएका छन् । तर, भाटभाटेनीले ग्राहक र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भविष्यलाई अझ उज्ज्वल बनाउन प्रतिबद्धता जनाएको छ। ग्राहक र शुभेच्छुकहरूको समर्थन नै आफ्ना लागि ठूलो शक्ति बनेको उल्लेख गरेको छ।

नाडा अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरीले राष्ट्रको सेवामा समर्पित हुँदै पुननिमार्णम लाग्ने बताएका छन् । करणको थापाथलीमा रहेका सुजुकी मोर्टको स्वरुपममा ताडफोड र आगजनी समेत भएको थियो । तरउनि देशबाट विचलिन नभई पुन निमार्णम लाग्ने र थप बलियो बनाउने उद्घोष गरेका छन् । ‘यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पु–याउने अवसर हो। आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने, र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १०० प्रतिशत दिने हाम्रो दायित्व हो।’

उनले एउटा प्रतिज्ञा लिँदै भनेका छन्, ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउनेछु।’

उनले यो देशले नै सबैथोक दिएको भन्दै छ। अब देशलाई दिने पाले आफुहरुको भएको बताएका छन् । ‘हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ। यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो।’