
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्मलाई बन्द भएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार विषम परिस्थितिका कारण यात्रुको आवतजावत सहज नभएको भन्दै विमानस्थल बन्द गर्नुपरेको हो ।
देशैभर कर्फ्यु लागेको र अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान नेपाली सेनाले निर्देशन गरेका कारण आज पनि विमानस्थल बन्द भएको छ । आज हुने अन्तर्राष्ट्रिय उडान रिसेड्युल हुने छ भने काठमाडौं आउनुपर्ने विदेशी यात्रु बोकेको विमान पनि सम्बन्धित देशमै रोकिएका छन् ।
मंगलबारदेखि ठप्प भएको आन्तरिक उडान आज बुधबार पनि नहुने भएको छ । विषम परिस्थितिका कारण आजका सम्पूर्ण उडानहरु रद्द गरिएको आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले जानकारी दिएन । आज भएको उडान रद्दबाट यात्रुवर्गमा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी भएको पनि बुद्ध एयरले जानकारी दिएको छ ।







प्रतिक्रिया