आज देशभरका बैंक बन्द

42
Shares

काठमाडौं । बुधबार देशभरका सबै बैंक पूर्ण रुपमा बन्द हुने भएका छन् । राष्ट्र बैंकसँग छलफल गरेर देशभरका बैंकिङ कार्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

बैंकका महत्वपूर्ण कागजात पनि जलाउनुपर्छ भन्ने धम्कीपूर्ण सन्देशहरु पनि आएकोले बुधबार देशभरका बैंक बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए । सुरक्षा चुनौतीका कारण नेपाल राष्ट्र बैंकसँगको समन्वयनमा बुधबार देशभरका बैंक बन्द गर्ने निर्णय भएको अध्यक्ष कोइरालाले बताए ।

सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै अब विस्तारै वातवरण शान्त हुँदै गएपछि भने बैंकहरु बिहीबारबाट क्रमश खुल्दै जाने अध्यक्ष कोइरालाले बताए ।