शीर्ष नेताहरूलाई नेपाली सेनाको सुरक्षा, भैरवनाथ गणमा राखियो

4.5k
Shares

काठमाडौं । देशैभर फैलिएको प्रदर्शनसँगै निशानामा परेका नेता तथा उच्च पदस्थ व्यक्तिहरुलाई नेपाली सेनाले सुरक्षा दिएको छ । सेनाले उनीहरुलाई निवासबाटै उद्धार गरेको हो ।

स्रोतका अनुसार राजधानीस्थिति उनीहरुको निवासबाट सेनाले सम्भव भएसम्म सवारीमा नभए हेलिकोप्टरमै राखेर महाराजगञ्जस्थित भैरवनाथ गणमा राखिएको छ ।

जेनजी प्रदर्शन चर्किएसँगै दलका शीर्ष नेताहरूको घर र पार्टी कार्यालयलाई लक्षित गर्दै आक्रमण सुरु भएपछि उनीहरूलाई सुरक्षा निकायले सुरक्षित स्थानमा सार्न सुरु गरेको हो । केही बेरअघि मन्त्रिक्वाटर भैंसेपाटीमा हेलिकप्टरहरु पुगेका छन् र मन्त्रीहरुलाई त्यहाँबाट बाहिर निकालेका छन् भने विमानस्थलमा पनि हेलिकप्टरहरुको बाक्लो उपस्थिति रहेको छ ।

बालुवाटारसहित विभिन्न स्थानमा सैनिक र निजी हेलिकोप्टर अवतरण भएका छन् भने अन्य उच्च तहका नेतालाई पनि सुरक्षित स्थानमा लगिएको छ ।

तर उनीहरुलाई कहाँ लगिएको हो भन्ने खुलेको थिएन ।

सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारी आक्रोशित बनेका हुन् । देशका विभिन्न स्थानमा कफ्र्यु लगाइ पनि प्रदर्शनकारीले त्यसको प्रवाह गरेका छैनन् । कयौं स्थानमा गोली चलेका छन् भने प्रहरी बिटमा पनि आगो लगाइएको छ । राजमार्ग ठप्प छ ।

अवस्था सरकारको नियन्त्रण बाहिर गएको छ ।