गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

2.3k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । राजधानीसहित देशैभर चर्केको जेनजीको प्रदर्शनमा राज्य दमनका कारण डेढ दर्जन बढीले ज्यान गुमाएसँगै गृहमन्त्री लेखकले पद छाडेका हुन् ।

जनधनको क्षति भएको भन्दै आफू पदमा बस योग्य नहुने जिम्मेवारीका आधारमा राजीनामा दिएका हुन् ।

लेखकले सोमबार साँझ मन्त्रिपरिषद्को बैठकमा उपस्थित भएर उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्को बैठक भर्खरै सम्पन्न भयो, गृहमन्त्रीले पनि राजीनामा दिनुभयो ।’

जेनजीको आन्दोलनका क्रममा काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।