
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजको मन्त्रिपरिषदको बैठकको प्रमुख एजेन्डा सामाजिक सञ्जाल र जेनजी आन्दोलन रहेको छ ।
नियमित कार्यसूची तथा आज भएको जेनजीपुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा स्थितिका विषयमा सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।
सोमबार जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा काठमाडौं र इटहरिमा गरेर १९ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् ।










प्रतिक्रिया