
काठमाडौं । विश्वमै छिटो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ । यस रियलमी नोट ७० मा ६ हजार ३०० मेगाहर्जको शक्तिशाली ब्याट्री रहेको छ । मिलिटरी–ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० ले युवाहरूको मन जित्ने विश्वास गरिएको छ।
एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ र ६ वाट रिभर्स चार्जिङ सुविधा पनि भएकोले डाउनटाइम कम रहेको छ ।
टिकाउपनका लागि नोट ७० मा मिलिटरी–ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबूत भएको कम्पनीले जानकारी दिएको छ ।
१.८ मिटरसम्म बाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ । यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र आइपि ५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स पनि रहेको छ । जसले यसलाई आफ्नो वर्गको सबैभन्दा टिकाउ स्मार्टफोन बनाउँछ ।
डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४ एमएमको अल्ट्रा–स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ, जसले शैली र टिकाउपनको सन्तुलन प्रदान गर्छ । ९० एचजेडको आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै स्मूथ भिजुअल अनुभव दिन्छ ।
फोटोग्राफी प्रेमीका लागि १३ एमपी एआइ क्यामेरा ले स्पष्ट फोटो खिच्न सहयोग गर्छ । युनिसोक टी ७ हजार २५० अक्टाकोर चिपसेटले स्मूथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने, एआइ स्मार्ट एक्सपिरियन्स प्रयोगकर्ताको व्यवहार अनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउँछ ।
मनोरञ्जनको लागि नोट ७० मा ३०० प्रतिशत अल्ट्रा बूम स्पिकर राखिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रमाइलो बनाउँछ ।
पल्स लाइट फीचरले एक अलर्टमै नोटिफिकेसन हेर्न मिल्छ । नोटिफिकेशन हेर्ने तरिका नै बदल्छ—स्मार्ट र स्टाइलिश प्रकाशले प्रत्येक अलर्ट एक नजरमै देखाउन सहयोग पुर्याउँछ ।
रियलमीको नोट ७० २ वटा स्टोरेज भेरियन्टमा बीच गोल्ड र अब्सिडियन ब्ल्याक जस्तोआकर्षक रंगमा नेपालभर उपलब्ध छ । ४जीबी प्लस ६४ जीबीको मूल्य १३ हजार ९९९ रुपैयाँ र ४जीबी प्लस १२८जीबी को मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ ।
शक्तिशाली ब्याट्री, मिलिटरी–ग्रेड मजबुती र स्मार्ट फीचरहरूको साथ, नोट ७० एंट्री–लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार छ ।








प्रतिक्रिया