
काठमाडौं । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेन्ट आईपीएसबाट गर्दा आकर्षक ‘शुभ लाभ अफर’ सार्वजनिक भएको छ ।
यस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी अयललभअतक्ष्एक् मार्फत गर्दा भदौ २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ ।
क्यासब्याक अफर बुद्ध एयर, एयरलाइन्स, यति एयरलाइन्स र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।
बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले १०१ रुपैयाँ क्यासब्याकका साथै ५ लक्की जोडीलाई माउन्टेन फ्लाईट जित्ने मौका पाउन सक्नेछन् ।
त्यस्तै एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी नेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा प्रोमो कोड प्रयोग गरेर रु ३०० एयरलाइन्सको छुट संगै १० लक्की जोडीले माउन्टेन फ्लाईट जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ ।










प्रतिक्रिया