सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

0
Shares

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसँग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार रुपैयाँ सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् १ हजार ५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने बताइएको छ । यो योजना २०८२ भाद्र २४ देखि आश्विन ७ गतेसम्मका लागि लागू हुनेछ ।