
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.९९ अंकले घटेर २६७२.२५ बिन्दुमा रोकिएको छ ।
यसअघिका चार कारोबार दिन पनि नेप्से घटेको थियो । आइतबार ११.५२ अंकले घटेको नेप्से सोमबार थप उच्च अंकले घटेको हो ।
सोमबार नेप्सेमा कुल ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा ४ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ । आज हिमस्टार उर्जा कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा सबै समूह राताम्य बनेका छन् ।










प्रतिक्रिया