एभरेष्ट बैंकको सीईओमा दोहोरिए सुदेश खालिङ

1.2k
Shares

काठमाडौं । सुदेश खालिङ राई एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको २२ भदौमा बसेको बैठकले ८ असोजदेखि लागु हुनेगरी आगामी ४ वर्षे कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

चार वर्षअघि बैंकको बैंकले नेपाली बैंकरलाई पहिलो पटक प्रमुख कार्यकारी अधिकृत बनाएको थियो । उनको पहिलो चार वर्षे कार्यकाल असोजमा सकिँदैछ । कार्यकाल सकिन लाग्दा उनी पुनः नियुक्त भएका हुन् ।

खालिङभन्दा अघि भारतका पञ्जाब नेसनल बैंकका प्रतिनिधिले बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए । खालिङको नेतृत्वमा बैंकले राम्रो प्रगति गरिरहेको छ भने सम्पत्तिको गुणस्तर बिग्रँदै जाँदा अन्य बैंक समस्यामा परेका बेला समेत एभरेष्ट बैंकको भने कुनै समस्या देखिएको छैन ।

खालिङ यसअघि साबिकको लक्ष्मी बैंकमा २ कार्यकाल सीईओ रहिसकेका छन् ।